Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचन पछि ओलीलाई आधा किलोको ढक बनाउँछौँ: प्रेम आले

निर्वाचन पछि ओलीलाई आधा किलोको ढक बनाउँछौँ: प्रेम आले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७८ बिहिवार • १९:०४:०८ बजे
  • 1.2K
    SHARES
  • निर्वाचन पछि ओलीलाई आधा किलोको ढक बनाउँछौँ: प्रेम आले

    नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् ।

    images

    भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् । उनले भने "पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ ।'

    यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उनले भने "निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।'

    उनले गठबन्धनले कहाँ- कहाँ कसले उम्मेदवारी दिने भन्ने छलफल चलिरहेको पनि बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology