Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अर्थतन्त्रको अवस्था श्रीलंकाजस्तो हुँदैन : गुणाकर भट्ट

अर्थतन्त्रको अवस्था श्रीलंकाजस्तो हुँदैन : गुणाकर भट्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २४, २०७८ बिहिवार • १९:३८:५४ बजे
  • 970
    SHARES
  • अर्थतन्त्रको अवस्था श्रीलंकाजस्तो हुँदैन : गुणाकर भट्ट

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुणाकर भट्टले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि विलासिताका वस्तु आयातमा रोक लगाइएको बताएका छन् । बिहीबार न्युज एजेन्सीसँग कुराकानी गर्दै उनले मुलुकको शोधनान्तरमा बढ्दो घाटा र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा कमी आएको बताए ।

    images

    ‘केही वस्तुको आयातलाई हामीले रोक्न सक्छौं । सुन चाँदी, सवारीसाधन आयातलाई रोक्न सक्छौं । विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा थप दबाब आउन सक्ने भएकाले समयमा नै सम्हालिनुपर्छ भनेर राष्ट्र बैंकले भनेको हो । आत्तिहाल्नुपर्ने, अर्थतन्त्रमा संकट आयो भन्ने होइन ।

    अहिले पनि राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति छ । करिब साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति जोगाएर राख्न सक्यौं भने आगामी दिनमा अर्थतन्त्रमा अप्ठेरो आउँदैन।’ मुलुकको अर्थतन्त्र संकट देखिएर नभई संभावित संकटबाट जोगाउनका लागि एउटा टुल्स प्रयोग गरी विलासिताका वस्तु आयातमा रोक लगाउन खोजिएको उनले बताए ।

    पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत समेत देखा परेको उनले दाबी गरे । उनले भने ‘आयात किन बढ्छ भन्दा आर्थिक गतिविधि पनि बढिरहेका छन् ।

    पर्यटकीय गविधिहरु पनि बढिरहेका छन् ।’ रुस र युक्रेन युद्धका कारण त्यसबाट पनि अर्थतन्त्रमा समस्या आउन सक्ने भएकाले सतर्क हुनुपर्ने अवस्था भने रहेको उनले बताए । प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाजस्तो अवस्थामा नपुग्ने बताए ।

    श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको उनको भनाइ छ । श्रीलंकामा कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको तर नेपालको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएकाले तुलना गर्न नमिल्ने उनको दावी छ ।

    उनले भने ‘श्रीलंकामा सरकारी स्वामित्वका संस्थाहरुको ऋण समेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत हुन आउँछ । श्रीलंका पछिल्लो समय आर्थिक व्यवस्थापन भन्दा बाहिर गएको थियो । करका दर घटाउने, करका दरहरुलाई खारेज गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरुमा अनावश्यक रुपमा उदारता देखाउनेजस्ता गतिविधि भए ।’ तर हाम्रो मुलुकमा कोरोना महामारीबाट अर्थतन्त्र माथि उठ्न खोजेका बेला गत वर्ष उच्च रुपमा भएको कर्जा विस्तारको कारण दवाव देखिएको उनले बताए ।

    उनले भने ‘उत्पादनभन्दा आयात, घरजग्गा र सेयर बजारमा बढी लगानी भएको प्रभाव स्वरुप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको अवस्था हो । अब विदेशबाट आउने रेमिट्यान्समा दबाब पर्दैन ।

    वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ ।’ रुस र युक्रेन युद्धका कारण तेलको आपूर्तिमा हाल समस्या देखिएको उनले बताए । यद्यपि अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालको लागि अहिले नै सोच्नु पर्ने अवस्था आएको उनले बताए ।कान्तिपुर

  • सम्बन्धित विषय:

  • # गुणाकर भट्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology