Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

"रुप र यौवन "

"रुप र यौवन "

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • ०८:२२:५७ बजे
  • 2.8K
    SHARES
  • "रुप र यौवन "
    तिमी छालाको मूल्य खोज म दिमागको मूल्य खोज्छु !
    तिमी रङ्ग ,रुप र यौवन रोज म मान्छेको गुण रोज्छु !

    तिमी फर्केर अतित पुग्ने झिक्राहरूको पुल बनाऊ !
    म कुल्चेर पनि काँडाको बाटो भोलिको दिन सोच्छु !
    अरुले दिने मायाँभन्दा मैले मायाँ खास दिन्छु !

    मायाँ गरेर त हेर स्वर्गकै आभाष  दिन्छु !
    कहाँ बस्ने भन्ने पीर नगर्नु म छँदै  छु नि !
    छात्तीभित्र लुकाउँछु मुटुभित्र बास दिन्छु !.

    तिम्रो मनले के के सम्झिन्छ थाहै होला
    जथाभावी हिडेपछी ठोकिन्छ थाहै होला

    जवानीको मातले मात्तिए छौ केही छैन!
    ताप बढ्दै गएपछि पोखिन्छ थाहै होला!!

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology