Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

बारको चुनावमा गठबन्धनको क्लिन स्वीप, एमाले निल

बारको चुनावमा गठबन्धनको क्लिन स्वीप, एमाले निल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७८ शुक्रवार • १४:५६:१९ बजे
  • 4.8K
    SHARES
  • बारको चुनावमा गठबन्धनको क्लिन स्वीप, एमाले निल

    नेपाल बार एसोसिएनसको कार्यसमिति निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनले प्यानलै जितेको छ । अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिमा गठबन्धनका उम्मेदवारले जीत हासिल गरेका हुन् ।

    images

    गत शनिबार भएको निर्वाचनको मत गणना भने शुक्रबार सकिएको हो ।

    बारको अध्यक्षमा वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरेले मतगणना नसकिँदै जित सुनिश्चित गरिसकेका थिए भने ।

    उपाध्यक्ष, महासचिवसहितका उम्मेदवार पनि धेरै मतान्तरले अघि थिए । मत गणना सकिएकाले मत परिणाम भने केही बेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

    गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धी एमाले निकट वकिलको समूहलाई तोब्बरभन्दा बढी मतले जीत हासिल गरेका हुन् ।

    अध्यक्षका प्रत्याशी घिमिरे कांग्रेस निकट हुन् भने महासचिवकी उम्मेदवार अन्जिता खनाल माओवादी केन्द्र निकट हुन् ।

    बारको तीन वर्षे कार्यकालसहितको कार्यसमितिमा २५ जना हुन्छन् ।

    बारको निर्वाचनमा एक अध्यक्षमा ८, उपाध्यक्षमा ८ पदका लागि २१, एक महासचिवका लागि ७, एक कोषाध्यक्षका लागि ३, विभिन्न कलस्टरका ८ सदस्यका लागि १९ र खुला ६ सदस्यका लागि २५ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology