नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई ‘अयोध्यापुरी नगरी’ भनेर ‘हिन्दु मतदाता’ रिझारहँदा एमालेकै कार्यकर्ता भने बुधबार माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
जसकारण चितवन एमाले दुःखी भएको छ । नेकपा एमाले चितवनका कार्यकर्ता इन्द्र बहादुर लामिछाने भन्छन्, ‘स्थानीय तह चुनावकै मुखमा हाम्रा केही साथीहरू पार्टीको नीति, सिद्धान्त, आचारसंहित उल्लंन गर्दै माओवादी केन्द्रमा प्रवेश गर्नुभयो । यसले हामीलाई दुःखी बनाएको छ ।
उहाँहरूले हामीलाई धोका दिनुभयो ।’ प्रचण्डको भावनासँग जोडिएको चितवनमा ओलीले ‘हिन्दु मतदाता’ तानिरहँदा चितवन माओवादी खिन्न रहेकाे माओवादी कार्यकर्ता बताउँथे ।
उक्त खिन्नता बुधबार एमालेनिकट युवा संघका भरतपुर महानगरपालिका उपाध्यक्ष विशाल खड्गीको नेतृत्वमा २०० जना युवाहरू माओवादीमा प्रवेश गरेपछि ताेडिएकाे माओवादी कार्यकर्ताकाे बुझाइ छ । सयपत्री आमा समूहका महिलाहरू पनि माओवादी केन्द्रमा प्रवेश गरे
। उनीहरू सबैलाई अध्यक्ष प्रचण्डलगायतले स्वागत गरे ।
पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल
पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् ।
गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् । शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए ।
आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए । कोषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न नमानेका हुन् ।
यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।
जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।