नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ ।
विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाएको हो । पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताएका छन् ।
‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ उनले भनेका छन्, ‘मैले गाउँपालिका अध्यक्ष सजिलै जित्छु ।
सबै जनताले साथ दिन्छन् ।’ यसअघि गंगगादेव गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए ।
विप्लव नेतृत्वको नेकपाबाट ओलीको नाम सिफारिस भएपछि माओवादी केन्द्रलाई चुनाव जित्न कठिन हुने बताएको छ ।