Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्थमन्त्री खतिवडालाई दोहोर्‍याउने ओलीको तयारी

अर्थमन्त्री खतिवडालाई दोहोर्‍याउने ओलीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • ०८:३५:०१ बजे
  • 1.1K
    SHARES
  • अर्थमन्त्री खतिवडालाई दोहोर्‍याउने ओलीको तयारी

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय परिवर्तन भएको बताए ।

    images
     

    प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो ।'

    प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाले राम्रो काम गरेकाले दोहोरिने संकेत गरे । उनले भने, 'उहाँले राम्रो काम गर्नु भएको छ । दुई चार दिन बाँकी छ हेरौँ ।'

    प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन नहुने पनि बताएका छन् । आफू स्थिरताको पक्षमा रहेकाले अहिले कसैको आवश्यकताका लागि मुख्यमन्त्रीहरु परिवर्तन नहुने उनले प्रष्ट पारेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology