Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७८ शुक्रवार • १७:२८:०३ बजे
  • 1.2K
    SHARES
  • नेपाललाई ओलीको चुनौती : ३ सिट जितेर देखाउनुस्

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा चुनावमा ३ सिट जितेर देखाउन माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।

    images

    पार्टी एकीकरणको बेला आफूले दिएको सिटलाई प्रचण्ड र माधवकुमार नेपालले दुरुपयोग गरेर आफैंमाथि प्रहार गरेको उनको आरोप छ ।

    शुक्रबार काठमाडौंमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौंथो राष्ट्रिय महाधिवेशनमा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम लिँदै २३ सिट पाउने हुती नभएको बताए ।

    आफूले दिएको सिट दुरुपयोग गरेको भन्दै ओलीले भने, ‘माधव नेपाल २२-२३ सिट ल्याउने हुती भएको मानिस हो ? अब ३ सिट ल्याएर देखाउन त ?’

    एमाले अध्यक्ष ओलीले ३० बैशाख २०७९ मा हुने चुनावको परिणाम बेग्लै हुने बताए ।

  • सम्बन्धित विषय:

  • # ३ सिट जितेर देखाउनुस्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology