Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गुल्मीमा एमालेलाई धक्का: एमाले वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

गुल्मीमा एमालेलाई धक्का: एमाले वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • ०९:३३:५५ बजे
  • 1.9K
    SHARES
  • गुल्मीमा एमालेलाई धक्का:  एमाले वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश

    नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा जिल्ला कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश भएको हो ।

    images

    एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी, हरि प्रसाद छन्त्याल, मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित एकीकृत समाजवादीमा प्रवेश भएको पार्टीका संस्थापक अध्यक्ष श्रीराम महतले जानकारी दिए । जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् ।

    छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हुन । यी दुई नेता साविक बडागाउँ गाविसमा एमालेका खम्बा नेता हुन ।

    जिसीले दुई पटकसम्म एमालेको तर्फबाट साबिक बडागाउँ गाविसको उपाध्यक्ष जितेका थिए भने दोश्रो कार्यकालमा कार्यबाहक गाविस अध्यक्ष भएर जिल्लाको संगठन मजबुद बनाएका थिए ।

    छन्त्याल लामो समयसम्म प्रधानाध्यापक रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी राजीनामा दिई जनप्रतिनिधि भएका थिए ।

    एकीकृत समाजवादीमा प्रदेश गर्नेलाई पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासले फूलमाला तथा अवीरले स्वागत गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology