Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

ओलीको कटाक्ष : थुतुनाभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे

ओलीको कटाक्ष : थुतुनाभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • १३:४८:०६ बजे
  • 2.0K
    SHARES
  • ओलीको कटाक्ष : थुतुनाभरि रौँ भएको मुसाले धान खायाे, रौँ नभएको भ्यागुताे कारवाहीमा पर्याे

    सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

    images

    आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेका एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।

    “हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्यो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान खायो ।

    उसैले रौँ नभएकालाई कारबाही भयो,” उनले भने,“राष्ट्र बैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।”

    उनले देश निर्लज्ज व्यक्तिहरुका हातमा पुगेको टिप्पणी गरे । गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको ओलीको भनाइ छ ।

    “देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ,” उनले भने,“देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नरसमेत भएर अर्थतन्त्र बुझेका मान्छे ।

    उनलाई निस्कासित गरियो ।” त्यसपछि छानबिन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको ओलीले बताए । “माओवादीले नियुक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनायो ।

    माओवादी भनेर जानिएको मान्छे,” उनले भने । बिहीबार मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो । पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

  • सम्बन्धित विषय:

  • # चोट पाउने भ्यागुतो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology