Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादी दशौं टनको बन्दैछ : झलनाथ खनाल

एकीकृत समाजवादी दशौं टनको बन्दैछ : झलनाथ खनाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २६, २०७८ शनिवार • १८:३६:४९ बजे
  • 1.8K
    SHARES
  • एकीकृत समाजवादी दशौं टनको बन्दैछ : झलनाथ खनाल

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एकीकृत समाजवादी पार्टी किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरेका छन् ।

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा आपत्ति जनाएका छन् । केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।

    शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको अकार ठूलो भएको बताए । ‘टन मात्र होइन, दशौं टनको बन्दैछ’, उनले भने ।

     समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको बाटो भनेकै देशमा उद्योग धन्दा, बजार बनाउनु र उपभोग गर्ने वातावरण बनाउनु पनि भएको जिकिर गरेका छन् ।

    पार्टीको काठमाडौँमा आयोजित जनसभालाई सम्बोधन गर्दै खनालले भने, ‘देशलाई औद्योगीकरण गर्ने हो भने समाजवादको बाटो जानुपर्छ,’ उनले भने ।

    शिक्षालाई उत्पादनमूलक र निःशुल्क बनाउनुपर्ने पनि उनको जिकिर थियो । उनले नेपाललाई उपभोक्ताको देश बनाइएको भन्दै आक्रोश व्यक्त गरे खनालले राजाका पालामा स्थापना उद्योगहरूसमेत निजीकरण गरेर खत्तम पारिएको बताए ।

    उनले भने, ‘३ करोड नेपालीले एक वर्षमा दुई जोर जुत्ता फेर्दा पनि वर्ष ६ करोड जुत्ता बिक्री हुन्थ्यो । तर स्वदेशमा उत्पादन हुने बाँसबारी जुत्ता कारखाना कहाँ गयो ?’ उत्पादन हुन थालेका कारखाना बन्द गराएर आज नेपालीहरू विदेशी कागज, कपडा प्रयोग गर्न बाध्य भएको उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा नेकपा हुँदा एउटा ठुलो अवसर गुमाएको पनि स्मरण गरे । केन्द्रमा दुई तिहाइ बहुमतको सरकारदेखि प्रदेशमा ६ वटा सरकार बनाउँदा क्रान्तिको अवसर भएपनि नेकपा चुकेको उनको भनाइ थियो ।

    ‘हामी भूमिसुधार, कृषि क्रान्तिदेखि विभिन्न क्रान्ति गर्न सक्थ्यौँ । तर ४२ महिनासम्म नेकपा एमालेको गुटको नायक खड्ग प्रसाद ओलीले फुटेको कौडीको पनि काम गर्न सकेनन्,’ उनले भने ।

    ओलीले देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै गएको पनि उनले आरोप लगाए । ‘ओलीले अमेरिकाको सेवा गरे । विदेशी गुप्तचरसँग आधा रातमा साँठगाँठ गरे ।

    त्यहाँ उनले के सम्झौता गरे कसैलाई थाहा छैन । प्रधानमन्त्रीले विदेशी प्रतिनिधि भेट्दा मेमोरी राख्ने चलन हुन्छ । त्यो पनि छैन । गैरजिम्मेवार व्यक्तिको हातमा नेतृत्व पुग्दा देशले दुःख पाएको छ ।’

  • सम्बन्धित विषय:

  • # झलनाथ खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology