Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्यमाथि खुकुरी प्रहार

नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्यमाथि खुकुरी प्रहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • ११:२४:४८ बजे
  • 1.1K
    SHARES
  • नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्यमाथि खुकुरी प्रहार

    पूर्वसांसद तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य गोपाल गुरागाईंलाई एक युवकले खुकुरी प्रहार गरेका छन् ।

    images

    धनकुटाका नेता गुरागाईँमाथि उनको आफ्नै छिमेकी युवकले शनिबार एक्कासी खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

    ७६ वर्षीय गुरागाईं धनकुटा नगरपालिका ६ का हुन् । खुकुरी प्रहार गर्ने युवक पनि धनकुटा नगरपालिका ६ कै २३ वर्षीय दिनेश पोखरेल रहेको धनकुटा प्रहरीले जनाएको छ ।

    गुरागाईँमाथि घरमै गफगाफ गरिरहेको अवस्थामा एक्कासी आएर खुकुरी हानिएको परीवारको दाबी छ । युवकले के कारण खुकुरी प्रहार गरे भन्नेबारे खुलेको छैन ।

    गुरागाईँको अनुहारमा गहिरो चोट परेको बताइएको छ । उनको धनकुटा अस्पतालमा प्राथमिक उपचारपछि धरानस्थित विपी कोइराला बिज्ञान प्रतिस्ठान लगिएको प्रहरीले बताएको छ ।

    हाल उनको अवस्था खतरामुक्त भइसेको अस्पताल प्रशासनले जनाएको छ । घटनाबारे गहिरो अनुसन्धान गरेर सत्य तथ्य पत्तो लगाई दोसीमाथि कारवाही गर्न परिवारले जोडदार माग गरेका छन् । नेता गुरागाईँ धनकुटाका पुराना बामपन्थी नेता हुन् ।

    उनी २०४८ सालमा सांसद बनेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology