Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिइन,ससुराले दिए बुहारीलाई अधिकार

एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिइन,ससुराले दिए बुहारीलाई अधिकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १३:५९:३९ बजे
  • 1.8K
    SHARES
  • एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिइन,ससुराले दिए बुहारीलाई अधिकार

    तेलंगानाकी एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिएकी छन् । यसका लागि महिलाले आईभिएफ प्रविधिको सहारा लिइन् । तेलंगानाको मनचेरियलकी ३२ वर्षीया महिला आमा बन्न सकेकी थिइनन् ।

    images

    यस्तो अवस्थामा उनले श्रीमानसँगै आईभीएफ मार्फत सन्तान जन्माउने सोच बनाएकी थिइन् । तर यसैबीच कोभिडको दोस्रो लहरमा महिलाका श्रीमानको मृत्यु भयो। श्रीमानको अन्तिम इच्छा पूरा गर्न महिलाले उनको मृत्युपछि पनि आमा बन्ने निर्णय गरिन् ।

    आइभीएफको प्रक्रिया महिलाको श्रीमानको मृत्यु हुनु अघि नै सुरु भएको थियो। उनले जमेको शुक्रकीटको सहायताले गर्भधारण गरेकी हुन् । महिलाका ३४ वर्षीय श्रीमानको २०२० अप्रिलमा मृत्यु भएको थियो ।

    केहि महिना पछि, महिलाले आफ्नो डाक्टरलाई सम्पर्क गरिन् र आएभीएफको प्रक्रिया सुरु गर्न भनिन्। तर यसका लागि श्रीमान–श्रीमती दुवैको सहमति आवश्यक रहेको भन्दै चिकित्सकले अस्वीकार गरेका थिए । यस्तो अवस्थामा महिला उच्च अदालत पुगिन् ।

    अदालतले एक सातामै महिलाको पक्षमा फैसला सुनायो । त्यसपछि डाक्टरहरूले फेरि एक पटक आईभीएफ प्रक्रिया सुरु गरे। त्यसपछि ती महिला गर्भवती भएकी थिइन् र अहिले उनले छोरालाई जन्म दिएकी छिन् ।

    श्रीमानको मृत्युपछि महिलाले आमा बन्ने इच्छा व्यक्त गरेपछि ससुराले साथ दिए । डाक्टरले अस्वीकार गरेपछि महिलाका ससुराले यो मुद्दा अदालतमा लगेर बुहारीलाई आमा बन्ने अधिकार दिएका थिए ।

    बच्चा जन्मिएपछि महिलाका परिवारमा खुसी छाएको छ ।

    आइभिएफ भनेको के हो ?

    आइभिएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन चिकित्सा विज्ञानको एउटा प्रविधि हो जसको सहायताले दम्पतीले प्रयोगशालामा उपचारका लागि आफ्नो अण्डा र शुक्रकीट दिन्छन्।

    महिला वा पुरुषको डिम्ब वा शुक्रकीटमा कुनै समस्या भएमा डाक्टरले ल्याबमा सरसफाई गर्छन् । पुरुषको हकमा, दोषपूर्ण र निष्क्रिय शुक्रकीट छुट्याइन्छ।

    यसपछि भ्रूणलाई प्रयोगशालामा नै विकसित गरी महिलाको पाठेघरमा हालिन्छ । त्यसपछि उनी आमा बन्न सक्छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology