Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एकीकृत समाजवादीले तोक्यो माधव नेपाललाई चुनावी कमाण्डर

एकीकृत समाजवादीले तोक्यो माधव नेपाललाई चुनावी कमाण्डर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १६:५२:०८ बजे
  • 1.1K
    SHARES
  • एकीकृत समाजवादीले तोक्यो माधव नेपाललाई चुनावी कमाण्डर

    नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    images

    शनिबार र आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा १ हजार १ सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको हो ।

    जसमा केन्द्रीय कमिटी, तीनवटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदाधिकारीहरु रहने छन ।

    त्यस्तै महासचिव बेदुराम भुसालको संयोजकत्वमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहेको निर्वाचन परिचालन केन्द्रीय सचिवालय पनि गठन गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology