Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

काठमाडौं ४ मा मुकुन्द घिमिरेले उम्मेदवारी घोषणा गर्दै भनेः पाए सूर्य चिन्ह नपाए अर्को विकल्प

काठमाडौं ४ मा मुकुन्द घिमिरेले उम्मेदवारी घोषणा गर्दै भनेः पाए सूर्य चिन्ह नपाए अर्को विकल्प

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १६:५७:०९ बजे
  • 1.4K
    SHARES
  • काठमाडौं ४ मा मुकुन्द घिमिरेले उम्मेदवारी घोषणा गर्दै भनेः पाए सूर्य चिन्ह नपाए अर्को विकल्प

    ‘मुकुन्दे’ नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आज उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्ने सम्भावना रहेको बताएका छन् ।

    images

    ‘मदन भण्डारीलाई गिरिजाबाबुले उठाए जसरी मलाई सूर्य चिन्हबाट उठाइयोस्,’ मुकुन्देले भने, ‘सूर्य चिन्ह नदिए अर्को ठूलो दल खोज्ने नभए स्वतन्त्र भएपनि उठ्ने हो ।’

    हृदयश त्रिपाठी र कमल थापाले समेत सूर्य चिन्ह आशा राखेको तर्क गदै आफूले पनि त्यही आशा राखेको सुनाए । काठमाडौं ४ देशकै नम्बर एक क्षेत्र भएको तर्क गर्दै भने,‘मदन भण्डारी, विद्यादेवी भण्डारी जितेको क्षेत्र हो ।

    सुप्रभा घिमिरे दिदी रोएको क्षेत्र हो ।’ आफू मदन भण्डारीको बिरासत थाम्नका लागि काठमाडौं ४ मा अगाडि बढ्ने निर्णयमा पुगेको सुनाए ।

    चुनावमा गगन थापाविरुद्ध उठ्ने निर्णय हो भन्ने प्रश्नमा उनले भने,‘को को ठक्कर लाग्छन् बेग्ले कुरा हो ।’ काठमाडौं क्षेत्र नं ४ मा पशुपतिनाथ रहेको र आफू हिन्दू राष्ट्रको एजेन्डामा रहेको समेत सुनाए ।

    आफ्नो मुख्य एजेन्डा मुकुन्दल्यान्ड बनाउने नै रहेको उनको भनाई थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology