Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाङ्गमा एमालेलाई क्लिनस्विप गर्छौं: गठबन्धन

दाङ्गमा एमालेलाई क्लिनस्विप गर्छौं: गठबन्धन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २७, २०७८ आइतवार • १९:१३:०२ बजे
  • 2.4K
    SHARES
  • दाङ्गमा एमालेलाई क्लिनस्विप गर्छौं: गठबन्धन

    दाङ्ग जिल्लाका सत्ता गठबन्धनले तयार गरी केन्द्रमा पठाएको संयुक्त प्रतिवेदनमा गठबन्धनले संयुक्त उमेदवार बनाउन सके जिल्लाका सवै पालिकामा एमालेलाई क्लिनस्विप पार्ने उल्लेख गरिएको छ ।

    images

    नेपाली काँग्रेस दाङका सभापति शंकरप्रशाद डाँगी, नेकपा माओवादी केन्द्रका अध्यक्ष सुबाश पुन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको संयुक्त बैठकले तयार गरी केन्द्रमा पठाएको प्रतिवेदनमा एमाले क्लिनस्विप पार्ने उल्लेख गरिएको हो ।

    उक्त प्रतिवेदनमा गठबन्धन अनुसार साझा उम्मेदवार छनौट गर्न सके जिल्लाका १० वटै पालिका प्रमुख र उपप्रमुख मात्र नभई सवै वडाहरूमा समेत जित्ने दावी गरिएको छ ।

    केन्द्रीय संयन्त्रले मागे अनुसार संयुक्त रुपमा छलफल गरी वस्तुस्थितिको विवरण पठाइएको काँग्रेस जिल्ला सभापति डाँगीले बताए। सभापति डाँगीले दाङ काँग्रेसको उर्वर भूमि भएको दाबी गर्दै एक्लै उभिए पनि जित्ने ठाउँमा गठबन्धन भए जिल्ला क्लिनस्वीप हुने दाबी गरे । तर, उम्मेदवारको हकमा केन्द्रमा पाँच दलीय गठन्धनको रणनीति बनेपछि मात्रै दाङमा पनि त्यही अनुरुप छलफल हुने सभापति डाँगीले बताए ।

    दाङ एमाले महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, काँग्रेसका नेता दीपक गिरी लगायतका चर्चित नेताहरुको जिल्ला हो ।

    यसअघिको प्रदेश र संघीय निर्वाचनमा दाङको निर्वाचन क्षेत्र नम्वर २ मा तालमेल गरी मिलेर उम्मेदवारी दिएका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोखरेल यतिखेर आमने-सामने रहेका कारण जिल्लाको निर्वाचन निकै रोचक बन्ने पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # सत्तारूढ गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology