Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

अर्थमन्त्रीलाई सहयोग नगरेको कारण गभर्नरलाई कारबाही गरिएको हो : प्रधानमन्त्री

अर्थमन्त्रीलाई सहयोग नगरेको कारण गभर्नरलाई कारबाही गरिएको हो : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७८ सोमवार • १४:५८:२९ बजे
  • 1.1K
    SHARES
  • अर्थमन्त्रीलाई सहयोग नगरेको कारण गभर्नरलाई कारबाही गरिएको हो : प्रधानमन्त्री

    प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको बताएका छन् ।

    images

    सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो त्यस्तै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।

    गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ ।

    सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताए । आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको भनाई थियो ।

    सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो ।’

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्रीलाई सहयोग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology