Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेले चाह्यो भने सातदिनमा सरकार बनाउन सक्छ :ओली

एमालेले चाह्यो भने सातदिनमा सरकार बनाउन सक्छ :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७८ सोमवार • १७:२१:४० बजे
  • 2.3K
    SHARES
  • एमालेले चाह्यो भने सातदिनमा सरकार बनाउन सक्छ :ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अझै पनि चुनाव सार्न खोजेको बताएका छन् । बझाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘खैँजडी सरकार’ भनेका छन् ।

    images

    “खैँजडी सरकारले चुनाव रोक्ने प्रयास धेरैपटक गरिसक्यो । अझै प्रयास गर्दैछ,” उनले भने, “अध्यादेश र नक्कली कानुन ल्याएर चुनाव सार्न खोजेको छ । लोकतान्त्रिक अभ्यास अन्त्य गर्न खोजेको छ ।

    देशलाई प्रतिगमनमा लैजान खोजेको छ । यो प्रतिगामी सरकार हो ।” देउवा जहिले जहिले सरकारमा गए पनि लोकतन्त्र बुझाएको इतिहास रहेको उनको भनाई छ ।

    “अहिलेका प्रधानमन्त्री जहिले सरकारमा जानुहुन्छ । उहाँले लोकतन्त्र बुझाउनुहुन्छ । प्रधानमन्त्रीज्यू यसपल्ट गठबन्धनलाई चेतावनी दिन चाहन्छु– चुनाव सार्ने खेल नहोस् ।

    यो सरकारले आफूलाई अजम्बरी नसोचे हुन्छ । एमालेले चाह्यो भने सातदिनमा सरकार बनाउन सक्छ । चुनाव विथोल्ने बहाना नपाउन् भनेर सहेर चुप लागेर बसेका छौँ ।”

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology