Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

निर्वाचनमा एमालेको बहुमत कसैले पनि रोक्न सक्दैन : उपाध्यक्ष पौडेल

निर्वाचनमा एमालेको बहुमत कसैले पनि रोक्न सक्दैन : उपाध्यक्ष पौडेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७८ सोमवार • १७:२४:२० बजे
  • 1.2K
    SHARES
  • निर्वाचनमा एमालेको बहुमत कसैले पनि रोक्न सक्दैन : उपाध्यक्ष पौडेल

    नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार जिउँदो लासजस्तै भएको टिप्पणी गर्दै जनताले यसलाई विस्थापित गर्न चाहेको बताएका छन्।

    images

    उनले परमरादेशी सरकार जनताका लागि बोझ भएको र भन्दै चर्को आलोचनासमेत गरेका छन् । सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ ।

    परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहेका छन्।’ उनले जनसभालाई सम्बोधन गर्दै वर्तमान सरकारले राष्ट्रियता र विकासको विरोध गरिरहेकोसमेत आरोप लगाएका छन् ।

    उपाध्यक्ष पौडेलले आगामी निर्वाचनमा एमालेले कुनै हालतमा बहुमत ल्याउने जिकिर गरे । उनले विगतमा यस्ता गठबन्धन धेरै पटक देखेको भन्दै बहुमतका लागि केहीले रोक्न नसक्ने दाबी गरे ।

    एमालेले बहुमतका सरकार बनाएर आगामी दिनमा विकासलाई निरन्तरतरा दिने पनि उनको भनाइ छ । ‘यस्ता गठबन्धन एमालेले धेरै पटक देखेको छ । हाम्रो विजयलाई जस्तासुकै गठबन्धनले पनि रोक्न नसक्ने सक्दैन ।

    उनले काँग्रेस र माओवादीलाई ‘एक्लै चुनाव लड्ने हिम्मत छ ?’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # उपाध्यक्ष पौडेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology