Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो: अर्थमन्त्री

अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो: अर्थमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २८, २०७८ सोमवार • १७:५०:५४ बजे
  • 1.1K
    SHARES
  • अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो: अर्थमन्त्री

    अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाएका छन् ।

    images

    अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताए ।

    यसअघि हिजो नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो ।

    एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भाेलीपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेका हुन् । उनले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे ।

    ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन्,’ मन्त्री शर्माले भने ।

    अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology