Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसले ठूलो संख्यामा आफ्ना नागरिकलाई कब्जामा राखेको युक्रेनी दाबी

रुसले ठूलो संख्यामा आफ्ना नागरिकलाई कब्जामा राखेको युक्रेनी दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १०:०६:३६ बजे
  • 1.5K
    SHARES
  • रुसले ठूलो संख्यामा आफ्ना नागरिकलाई कब्जामा राखेको युक्रेनी दाबी

    एजेन्सी । रुसले केही मानिसहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनले दाबी गरेको छ ।

    images

    रुसले सर्वसाधारण नागरिक, पत्रकार, कार्यकर्ता र निर्वाचित अधिकारीहरूलाई आफ्नो भूभागमा नियन्त्रणमा राखेको युक्रेनका उपप्रधानमन्त्री इरिना भेरेसचुकले बताइन् ।

    ‘धेरै पादरीहरू, पत्रकारहरू, कार्यकर्ताहरू, मेयरहरू, र सामान्य नागरिकहरू नियन्त्रणमा छन् । उनीहरू युक्रेनको भूभागमा मात्र होइन कुर्स्क, ब्रायनस्क, रोस्तोभजस्ता रुसी भूभागमा जबरजस्ती राखिएको छ’, भेरेश्चुकले भनिन् ।

    युक्रेन हमलामा सर्वसाधारण नागरिकलाई निशाना नबनाएको रुसले बारम्बार दाबी गर्दै आएको छ । तर, ती दाबीमा कुनै सत्यता नभएको युक्रेनले बताउँदै आएको छ । पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ ।

    पूर्वीयुक्रेनको दोनबासलगायतका क्षेत्रमा आक्रमण गरेपछि त्यहाँबाट ठूलो संख्यामा सर्वसाधारण पलायन भएका छन् ।

  • सम्बन्धित विषय:

  • # रुसले ठूलो संख्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology