Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थाले, दैनिक २ हजार पुग्यो

नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थाले, दैनिक २ हजार पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १०:११:२५ बजे
  • 1.8K
    SHARES
  • नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थाले, दैनिक २ हजार पुग्यो

    कोभिड संक्रमण समान्य हुन थालेपछि नेपाल भ्रमण गर्न आउने पर्यटकको संख्या ह्वात्तै बढ्न थालेको छ ।

    images

    अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपाल आउने पर्यटकको संख्या दैनिक २ हजार पुगेको जानकारी दिनुभएको छ ।

    सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग २ हजार विदेशी पर्यटन नेपाल आउने गरेको जानकारी दिँदै महानिर्देशक भट्टराईले नेपाल भन्नुभयो– ‘अप्रिल ९ तारिखमा एकैदिन २ हजार ५ सय ९३ विदेशी नेपाल आएका छन्, यसबाट पर्यटक आगमन संख्या बढ्दै गएको पुष्टि हुन्छ ।

    ’तथ्यांकअनुसार सन् २०२२ को जनवरीदेखि मार्चसम्ममा नेपालमा ७८ हजार ९ सय ८२ विदेशी पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमन विभागले जनाएको छ ।

    विभागले गरेको विश्लेषणअनुसार नेपाल भित्रिने पर्यटकको संख्यामा देखिएको बढोत्तरी हेर्दा कोभिड–१९ को नयाँ भेरियन्ट नआए वा अन्य कुनै कारणले पर्यटक आगमन प्रभावित नभएमा पर्यटक आगमनका हिसाबले सन् २०२२ आशायुक्त हुने अनुमान गर्न सकिने महानिर्देशक भट्टराईको बताउनुभयो ।

    विभागले तयार गरेको विगत चार वर्षको तथ्यांक हेर्दा नेपालमा सन् २०१९ देखि सन् २०२१ को सम्मको अवस्थाको तुलना गर्दा सन् २०१९ सबैभन्दा राम्रो रहेको थियो ।

    त्यस वर्ष कुल ११ लाख ७५ हजार १५ जना विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०२० मा २ लाख ८ हजार ६ सय ७६ जना पर्यटक नेपालमा आएका थिए । सन् २०२१ मा १ लाख ५० हजार ९ सय ६४ विदेशी नागरिकले नेपाल भ्रमण गरेका थिए ।

    कोभिड–१९ को संक्रमणका कारण सन् २०१९ को तुलनामा सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या घटेको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # दैनिक २ हजार पुग्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology