Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पाँच दलीय गठबन्धनले एमालेलेलाई केही फरक पर्दैन:ओली

पाँच दलीय गठबन्धनले एमालेलेलाई केही फरक पर्दैन:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १०:१५:०८ बजे
  • 1.8K
    SHARES
  • पाँच दलीय गठबन्धनले एमालेलेलाई केही फरक पर्दैन:ओली

    सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ ।

    images

    सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग गर्ने औपचारिक घोषणा गरेका छन् ।

    सो घोषणासँगै एमालेले पाँच दलीय गठबन्धनलाई ‘बालुवाको लड्डु’को संज्ञा दिँदै आफूहरूलाई केही फरक नपर्ने टिप्पणी गरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पाँच दलीय गठबन्धन बालुवाको लड्डुजस्तै भएकाले आफूहरूलाई कुनै फरक नपर्ने बताए ।

    देशैभरि एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हँुदै गर्दा पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले यस्ता गठबन्धनसँग पार्टीलाई कुनै फरक नपर्ने उनले बताए ।

    ‘यो पाँच दलीय गठबन्धनसँग हामीलाई कुनै फरक पर्दैन । देशैभरिबाट एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । यस्ता गठबन्धन एमालेका आगाडि टिक्नै सक्दैन ।

    केही ठाउँबाहेक देशैभरि एमालेका उम्मेदवार सानदार मतकासहित विजयी हुन्छ,’ उपप्रमुख रिजालले भने ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच दलीय गठबन्धन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology