Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी र समाजवादीलाई कांग्रेसभन्दा बढी सिट दिन्छौँ, तालमेल गरौ:नेकपा एमाले

माओवादी र समाजवादीलाई कांग्रेसभन्दा बढी सिट दिन्छौँ, तालमेल गरौ:नेकपा एमाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १७:०४:०० बजे
  • 1.1K
    SHARES
  • माओवादी र समाजवादीलाई कांग्रेसभन्दा बढी सिट दिन्छौँ, तालमेल गरौ:नेकपा एमाले

    नेकपा (एमाले)ले नेकपा (माओवादी केन्द्र) र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई मिलेर निर्वाचन लड्न प्रस्ताव गरेको छ ।

    images

    सुदूरपश्चिम प्रदेशका जिल्ला र पालिका नेतृत्वसँग एमालेले मिलेर जान प्रस्ताव अघि सारेको हो । संघ संसद्मा एकीकृत समाजवादीको अस्तित्व स्वीकार नगर्ने जनाएको एमालेले तल्लो तहमा भने निरन्तर सहकार्यको प्रस्ताव अघि सारिरहेको सो पार्टीका एक केन्द्रीय सदस्य बताउँछन् ।

    एकीकृत समाजवादीका केन्द्रीय सदस्यका अनुसार एमालेका जिल्ला नेताहरूले डोटी, अछाम, डडेलधुरा र कैलालीमा स्थानीय तह निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।

    आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । सार्वजनिक रूपमा एमाले नेताहरूले माओवादी र एकीकृत समाजवादीका नेताको रुखो आलोचना गर्दै आएका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीको राम्रो प्रभाव छ ।  कतिपय वडा र पालिकामा स्थानीय नेताहरूले सहकार्य गर्ने सम्बन्धमा छलफल समेत अगाडि बढाएको पाइएको छ ।

    एमालेले सहकार्यको प्रस्ताव अघि सारे पनि आफूहरू पार्टी नेतृत्व र नीतिभन्दा बाहिर नजाने समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष हर्क सिंह बताउँछन् । “तल्लो तहमा मिलेर जानुपर्छ भन्ने साथीहरूको दबाब छ । तर, हामी पार्टीको लाइनभन्दा बाहिर जाँदैनौँ । तर, गठबन्धनमा सम्मानजनक बाँडफाँड होस् भन्ने हामी चाहन्छौँ ।”

    माओवादी केन्द्रसँग पनि मिलेर जान एमालेले प्रस्ताव गरेको छ । सबैजसो जिल्लाहरूमा मिलेर निर्वाचनमा जानका लागि प्रस्ताव आइरहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए । प्रदेश र जिल्ला नेतृत्व तहमा पनि अनौपचारिक रूपमा प्रस्ताव आइरहेको ती नेता बताउँछन् ।

    ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा ०७४ सालको निर्वाचनमा माओवादीले १० स्थानीय तह मात्रै जितेको थियो । नेपाली कांग्रेसभित्र गठबन्धनलाई लिएर व्यापक अन्तरविरोध रहेकाले एमालेसँग मिलेर जान माओवादी नेता–कार्यकर्ताहरू पनि कतिपय स्थानमा सकारात्मक देखिएको बताइएको छ ।

    एमाले नेताले कांग्रेससँगको तालमेलमा पाउने सिटभन्दा आफूहरू बढी दिन तयार रहेको बताएको माओवादी र एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।

    माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्ट भने औपचारिक रूपमा एमाले नेतासँग निर्वाचन सहकार्यबारे कुनै छलफल नभएको बताउँछन् । तर, जिल्ला र पालिकास्तरमा भने एमाले नेतृत्वले मिलेर जान प्रस्ताव गरिरहेको उनी स्वीकार गर्छन् ।

    नेता भट्टले भने, “प्रस्ताव आउनु आफैँमा नराम्रो कुरा होइन । तर, हामी पार्टी नीतिप्रति प्रतिबद्ध छौँ । दायाँबाँया हामीले सोचेका छैनौँ । केन्द्रकै लाइनअनुसार अगाडि बढ्छौँ । यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन ।”

  • सम्बन्धित विषय:

  • # माओवादी र समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology