Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले र जसपा सुदूरपश्चिम अध्यक्षसहितका नेताहरु माओवादी प्रवेश

एमाले र जसपा सुदूरपश्चिम अध्यक्षसहितका नेताहरु माओवादी प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १७:०८:२० बजे
  • 2.1K
    SHARES
  • एमाले र जसपा सुदूरपश्चिम अध्यक्षसहितका नेताहरु माओवादी प्रवेश

    जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीसहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

    images

    पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष चौधरीसहितका नेता, कार्यकर्ताहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । अ

    ध्यक्ष चौधरी जसपाका केन्द्रीय सदस्य समेत हुन् । उनीसहित जसपा, एमाले र कांग्रेस पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

    सहरी विकास नीति र ऐन बनाउनु सकारात्मक : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सहरी विकास नीति, सहरी विकास ऐनको विधेयकसँगै एकीकृत कोरिडोर निर्माणसम्बन्धी विधेयक बनाउन लाग्नु सकारात्मक भएको बताएका छन् ।

    सहरी विकास मन्त्रालयले नीति र ऐन निर्माण गर्दै छ । विकास मोडलबारे नयाँ संविधानले अंगिकार गरेको नीतिभित्र रहेर राजनीतिक परिवर्तन सम्बोधन गर्नेगरी विधेयक निर्माण हुँदा खुसी भएको प्रचण्डले बताए ।

    उनले मन्त्री रामकुमारी झाँक्रीसहित मन्त्रालयका सचिवसँगै सम्बद्ध सबैलाई धन्यवाद पनि दिए । अन्य मन्त्रालयहरूले पनि संविधानको मर्म र भावनाअनुसार मन्त्रालयको कामलाई परिमार्जित र परिवर्तित रूपबाट गर्ने कुरामा ध्यान दिन प्रचण्डको आग्रह छ ।

    सहरी विकास मन्त्रालयले मंगलबार राष्ट्रिय सहरी नीति परिमार्जन र सहरी विकास ऐन तर्जुमा विषयक छलफलमा प्रचण्डले विकासको मौलिक मोडल विकास गर्न जरुरी रहेको पनि बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology