Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादीबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटी सिफारिस

माओवादीबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटी सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १७:१०:०९ बजे
  • 1.3K
    SHARES
  • माओवादीबाट विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटी सिफारिस

    नेकपा माओवादी केन्द्रले नुवाकोटको विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रको विदुर नगर कमाण्डको बैठकले सोमबार बोगटीको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

    images

    माओवादीको विदुर नगर कमिटीकी अध्यक्षसमेत रहेकी बोगटी माओवादीका दिवंगत नेता पोष्टबहादुर बोगटीकी छोरी समेत हुन् ।

    ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा विदुर नगरपालिकामा सत्ता गठबन्धनबीच तालमेल हुँदा मेयर पद नेपाली कांग्रेसले पाउने सम्भावना छ । त्यस्तोमा माओवादीले उपप्रमुख पाउने छ ।

    बोगटीले तालमेल गर्दा माओवादीले उपप्रमुख पाए पनि आफूले नै नेतृत्व गर्ने बताएकी छन् । बोगटी यसअघि पत्रकारितामा सक्रिय थिइन् ।

    उनी माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको केन्द्रीय सदस्य समेत हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकाको मेयर नेकपा एमालेले जितेको थियो भने माओवादी केन्द्रका उम्मेदवार तेस्रो भएका थिए ।

    एमालेकी सञ्जु पण्डित ९ हजार ७१६ मत ल्याएर मेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसका ध्रुवप्रसाद अधिकारी ८ हजार ७४० मत ल्याएर दोस्रो भएका थिए ।

    माओवादीका उम्मेदवार लीलानाथ न्यौपानेले ४ हजार ७३६ मत पाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology