Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न ओलीको प्रस्ताव

‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न ओलीको प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २९, २०७८ मंगलवार • १७:१९:०४ बजे
  • 1.6K
    SHARES
  • ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न ओलीको प्रस्ताव

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पाटीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई सूर्य चिह्नबाट स्थानीय तह निर्वाचन लड्न प्रस्ताव गरेका छन् ।

    images

    मंगलबार ललितपुरमा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा ओलीले विप्लवको दल दर्ता नभएकाले चुनाव सार्ने षड्यन्त्र भइरहेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।

    “या त विप्लवजीहरूले चुनावमा भाग लिएर स्वतन्त्र रूपमा लाग्नुपर्छ । तपाईंका कार्यकर्ताले जित्ने ठाउँमा उठाउनुस् । पार्टी तपाईंकै हुन्छन् । कार्यकर्ता तपाईंकै हुन्छन् । तर, सूर्य चिह्नबाट चुनाव लड्नुस् ।

    जित्ने तरिका त्यो हो नि, आउनुस् न,” ओलीले भने । उनले षड्यन्त्रमा नलाग्न सुझाव दिँदै दल दर्ताको समय दिँदा किन दर्ता नगरेको भन्दै प्रश्न गरे । ओलीले विप्लवलाई चुनाव सार्ने षड्यन्त्रको मतियार नबन्न आग्रह समेत गरे ।

    “तपाईंलाई नेपाली जनताले अलिक इमानदार रूपमा चिन्छन् । तपाईं लोकतन्त्रविरुद्धको षड्यन्त्रको मतियार नहुनुस् । तपाईंलाई इमानदार नेताको रूपमा बुझ्छन् ।

    यद्यपि, तपाईंका नीतिसँग भन्नुपर्ने हुनसक्छ,” ओलीले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology