Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा

कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १०:३०:४५ बजे
  • 3.7K
    SHARES
  • कमल थापाकी छोरी प्रतिष्ठाले त्यागिन् राप्रपा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेकी छन् ।

    images

    गत महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

    पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनको राजीनामा पत्रमा उल्लेख गरेकी छन् ।

    नेताको घरमा थन्काएको नोटलाई खोस्टामा परिणत गरिदिन्छौँ : लिङ्देन


     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको आभसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताए । नेताहरुले कमिसन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको उनले जिकिर गरे ।

    नेताहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई काजगमा परिणत गरिदिने बताए ।

    “देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामन्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट? नोट त छापिएको थियो नि त ।

    त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ? नेताहरुको घरमा । कमिसनको नाममा ।

    भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो,” उनले भने, “एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देनजस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त ।

    यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौँ हामी । एकचोटी सहयोग गर्नुस् ।”

    उनले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टिन थाप्नुजस्तै भएको टिप्पणी गरे ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology