Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सत्ता गठबन्धनको चुनावी तालमेलको आधार र मापदण्ड तयार (सूचीसहित)

सत्ता गठबन्धनको चुनावी तालमेलको आधार र मापदण्ड तयार (सूचीसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १२:२२:१९ बजे
  • 1.5K
    SHARES
  • सत्ता गठबन्धनको चुनावी तालमेलको आधार र मापदण्ड तयार (सूचीसहित)

    सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने सम्बन्धमा मापदण्ड तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको गठबन्धनकाृ बैठकले उम्मेदवार सिफारिस गर्नेसम्बन्धी आधार र मापदण्ड तय गरेको हो ।

    images

    मंगलबारको बैठकले बनाएको मापदण्डअनुसार नै अब तल्ला तहका समितिहरुले उम्मेदवार सिफारिस गर्ने नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    महानगरपालिका उम्मेदवार सिफारिस र भागबन्डाका विषयमा भने निर्णय गर्न भने फेरि बैठक बस्ने कार्कीको भनाइ छ ।

    यस्ता छन् चुनावी तालमेलको मापदण्ड+


    १. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँटको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।
    २. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।


    ३. सबै पालिका वडाध्यक्ष र सदस्यहरुको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।


    ४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुखसहित दुई–दुई प्रतिनिधि रहने ।


    ५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ–आफ्नो आवश्यकताअनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।


    ६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

    ७ आधारहरु


    १. २०७४ सालमा विजयी माओवादी र समाजवादीका जनप्रतिनिधिलाई यसैअनुसार मान्ने ।


    २. २०७४ सालको निर्वाचनमा पाएको मतको मतभारलाई आधार बनाउने ।

    ४. गठबन्धनबाहेक अन्य दल निर्वाचित स्थानमा गठबन्धनका दलले पाएको मतलाई आधार बनाउने । उक्त दलले पाएको मतभारलाई पनि आधार बनाउने ।


    ५. समाजवादीको हकमा बुँदा ४ मा उल्लेखित आधारबाहेक ऊ मुख्य शक्ति रहेको यथार्थलाई मनन गर्ने ।


    ६. जनसमर्थनलाई पनि ध्यान दिने ।


    ७. गठबन्धनबीच मात्र चुनावी तालमेल हुने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology