Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुस–युक्रेन युद्धमा २० जना पत्रकार मारिए

रुस–युक्रेन युद्धमा २० जना पत्रकार मारिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १२:२३:४४ बजे
  • 1.3K
    SHARES
  • रुस–युक्रेन युद्धमा २० जना पत्रकार मारिए

    एजेन्सी । युक्रेन युद्धमा अहिलेसम्म २० जना पत्रकारहरु मारिएका छन् ।

    images

    २४ फेब्रुवरीदेखि सुरु भएको रुसी हमलामा अहिलेसम्म २० पत्रकार मारिएका युक्रेनको राष्ट्रिय पत्रकार संघले जनाएको छ । मारिने पत्रकारको सूची संघले आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित गरेको छ ।

    सो मृत्युबारे युक्रेनको महाअभियोजकको कार्यलयले पुष्टि गरेको छ । मृत्यु हुनेमध्ये केही विदेशी सञ्चारकर्मी पनि छन् ।

    युक्रेनको नागरिक समाज र विशेषगरी जिम्मेवार पत्रकारहरूको हितलाई समर्थन गर्ने स्वतन्त्र गैरसरकारी संस्था इन्स्टिच्युट अफ मास इन्फरमेसन (आईएमआई) का अनुसार रुसले युद्धको पहिलो महिनामा युक्रेनमा पत्रकार र सञ्चारमाध्यमविरुद्ध कम्तिमा १ सय ४८ अपराध गरेको थियो ।

    रुसी सेनाले कम्तीमा १० वटा टिभी टावरहरूलाई निशाना बनाएका छन् । टावरमा क्षति हुँदा युक्रेनको आठ क्षेत्रहरूमा टिभी र रेडियो प्रसारणमा पूर्ण वा अस्थायी रूपमा अवरोध आएको थियो ।

    युद्धसम्बन्धी खतराका कारण देशभर ७० वटा क्षेत्रीय मिडिया आउटलेटहरू बन्द भएका छन् ।

  • सम्बन्धित विषय:

  • # २० जना पत्रकार मारिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology