Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सत्तारुढ गठबन्धन अपवित्र छ:ओली

सत्तारुढ गठबन्धन अपवित्र छ:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १८:४२:५१ बजे
  • 4.2K
    SHARES
  • सत्तारुढ गठबन्धन अपवित्र छ:ओली

    नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्रलाई स्थायित्व प्रदान गर्न एमाले सक्षम रहेको बताएका छन् ।

    images

    एमाले विराटनगरद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले विभिन्न भाषी र भूगोलमा बस्ने सम्पूर्ण नेपालीको साझा अभियानबाट संघीय गणतन्त्र र जनतामा सार्वभौमसत्ता निहित गर्ने महान अभियानमा सरिक बनाउने कार्यमा पार्टी लागेको बताए ।

    ओलीले नेपालको पानी नेपालीका लागि प्रयोग हुनुपर्नेमा जोड दिँदै उद्यमी, व्यवसायीले पर्यटन र निर्यातमुखी उद्योग स्थापना गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्ने र यसमा आफ्नो पार्टीले सक्दो सहयोग गर्ने उल्लेख गरे ।

    ओलीले एमालेलाई सक्छौँ भनेर विरोधीले बनाएको सारा षड्यन्त्रलाई नेपाली जनताले पराजित गरिदिएको पनि बताए । अध्यक्ष ओलीले परमादेशबाट बनेको अपवित्र गठबन्धन निर्वाचन नगराएर मुलुकका स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन लागिपरेको आरोप लगाए । “मुलुकमा चुनाव नगर्नका लागि अनेक षड्यन्त्र र कोसिस भइरहेका छन् ।

    यसलाई अदालत, निर्वाचन आयोग र नेपाली जनताले मान्नु हुँदैन,” उनले भने,“षड्यन्त्रकारी, संविधान र लोकतन्त्र विरोधीलाई ध्वस्त पार्नुपर्छ ।

    सिंगो देश लागेर त्यसलाई परास्त गर्नुपर्छ ।” सरकारको निर्वाचन नगराउने षड्यन्त्रलाई कुनै पनि हालतमा एमालेले स्वीकार नगर्ने ओलीले बताए ।

    “निर्वाचन नगर्ने कुरा हामी मान्दैनौँ । स्वीकार गर्दैनौँ,” उनले भने,“यस्ता षड्यन्त्रलाई पराजित गरेर भए पनि मुलुकमा चुनाव गराउनुपर्छ ।”

    ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति गर्ने कार्यलाई तीव्रता दिएको तथा विमानस्थलको विस्तार गरी राति सेवा सञ्चालन गराएको दाबी गरे ।

    गठबन्धन सरकारले मुलुकको अर्थतन्त्र धरासयी बनाएको आरोप लगाउँदै निर्माण सम्पन्न गरेका विभिन्न ठेकेदारले भुक्तानी नपाएकोमा गुनासो गरे ।

    कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीमा स्वागत गरे ।

  • सम्बन्धित विषय:

  • # गठबन्धन अपवित्र छ:ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology