Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

काठमाडौंको मेयरमा एकीकृत समाजवादीको पनि दाबी

काठमाडौंको मेयरमा एकीकृत समाजवादीको पनि दाबी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३०, २०७८ बुधवार • १८:४६:२७ बजे
  • 1.5K
    SHARES
  • काठमाडौंको मेयरमा एकीकृत समाजवादीको पनि दाबी

    नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

    images

    सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।

    समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए ।

    ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो ।’

    काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ । श्रेष्ठ भन्छन्, ‘अन्यत्र दावी गरेका छैनौं, शक्ति भएको काठमाडौं र पोखरा दावी गरेका छौं ।

    जहाँ पाए पनि जित्छौं ।’ गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दाबी गरेको छैन । उसले उपमेयरमा भने दाबी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाजवादीको पनि दाबी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology