Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वयंसेवक

कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वयंसेवक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०७९ बिहिवार • १०:३४:३५ बजे
  • 2.5K
    SHARES
  • कुनै समयकी राजकुमारी अहिले संग्रहालयमा स्वयंसेवक

    टोकियो । प्रेमको कुनै सीमा हुन्न भन्ने भनाइ जापानकी पूर्वराजकुमारी माकोका लागि मेल खान सक्छ ।

    images

    उनी अहिले न्युयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टमा स्वयंसेवकको रुपमा काम गर्छिन् । ३० वर्षीया माको पूर्वराजकुमारीले उपाधि त्यागेकी थिइन् र ‘सामान्य’ प्रेमी केई कोमुरोसँग विवाह गर्न अमेरिका गएकी थिइन् ।

    प्रेमीसँग विवाहका लागि नै उनले उपाधि र राजपरिवारका सम्पूर्ण सुविधा त्यागेकी थिइन् । उनी म्युजियमको एसियाली कला संग्रहमा काम गरिरहेकी छन् ।

    जापान टाइम्सका अनुसार पूर्वराजकुमारीले जापानमा बुद्ध धर्मको परिचय दिने १३औँ शताब्दीका भिक्षुको जीवनबाट प्रेरित भएको चित्रकलाको प्रदर्शनीका लागि प्रयास गरिरहेकी छिन् ।

    माकोले स्कटल्यान्डको एडिनबर्ग विश्वविद्यालयमा कला इतिहासको अध्ययन गरेकी थिइन् । सन् २०१६ मा उनले बेलायतको लिसेस्टर विश्वविद्यालयबाट कला संग्रहालय र ग्यालरी अध्ययनमा स्नातकोत्तर गरेकी थिइन् ।

    ‘उनी योग्य छिन् । यस कामका लागि धेरै तयारीको आवश्यकता पर्दछ र प्रायः पुस्तकालयमा धेरै समय खर्च गर्नुपर्छ’, एक पूर्वमेट क्युरेटरले राजकुमारीको कामको बारेमा भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology