Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लव नेतृत्वको वली र बास्तोलाले भेटे प्रचण्ड भने- ‘सिँगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ’

विप्लव नेतृत्वको वली र बास्तोलाले भेटे प्रचण्ड भने- ‘सिँगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०७९ बिहिवार • १७:१७:३९ बजे
  • 2.1K
    SHARES
  • विप्लव नेतृत्वको वली र बास्तोलाले  भेटे प्रचण्ड भने- ‘सिँगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका दुई नेताले भेट गरेका छन् ।

    images

    बिहीबार नेकपा सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटारमा गएर प्रचण्डसँग भेटे गरेका हुन् ।

    ‘नयाँ बर्ष २०७९को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल’ भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहलसंग भेट सुस्वास्थ्यको कामना ।’

    वली र बास्तोला दुवै स्थानीय चुनावमा जान नहुने पक्षमा छन् । सो भेटमा माओवादी अध्यक्ष प्रचण्डले भने, मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु ।

    मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ । सिँगै समूह नै एकतावद्ध होस् भन्ने हाम्रो कोशिस छ ।’ उनले नेकपाका मूल नेतृत्वसँग एकताबारे छलफल गरे पनि पुनः माओवादीमै फर्किन लाज मानेको बताए ।

    ‘केही समयअघि मुख्य नेतृत्वसँग पनि ध्रुवीकरणबारे निकै गम्भीर कुरा गरिएको थियो,’ प्रचण्डले भने, ‘तर हिजो अलि छिटै ठूलो हुने सपना, प्रचण्ड हुने सपना बोकेर हिँड्नु भएको केही साथीलाई अलिकति लाज भएको छ–फेरि त्यही जाने त भन्ने ।

    क्रान्तिकारीहरुलाई त के लाजको कुरा हुन्छ र क्रान्तिकारी ध्रुवीकरण हुने कुरा । खुसीकै कुरा हुन्छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology