Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

के सूर्य चिन्ह बिक्री भएको हो:भीम रावल

के सूर्य चिन्ह बिक्री भएको हो:भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०७९ बिहिवार • १७:१९:३४ बजे
  • 1.7K
    SHARES
  • के सूर्य चिन्ह बिक्री भएको हो:भीम रावल

    नेकपा एमालेका नेता भीम रावलले आगामी स्थानीय तह निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल गर्ने भएपछि विरोध जनाएका छन् ।

    images

    उनले पार्टीको चुनाव चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै प्रश्न गरेका छन्।

    निर्वाचनमा राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने गरि एमालेसँग तालमेल भएको भोलिपल्ट नेता रावलले ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’ भन्दै प्रश्न गरेका छन् ।

    विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे१ु बिहीबार सामाजिक सञ्जालमा रावलले प्रश्न गरेका छन्, ‘के सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो र ?’

    यस्तो कामलाई ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो भन्दै उनले टिप्पणी गरेका छन् ।

    ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र उनले भनेका छन् ।

    आयोग भन्छ – सूर्यमा चुनाव जितेर राप्रपा नेपालको प्रतिनिधि हुँदैन

    एमाले र राप्रपा नेपालले गरेको सहमतिमा सुर्यबाट चुनाव जितेपनि राप्रपा नेपालको प्रतिनिधिमा गणना हुने भन्ने चाहना आयोगले भने पुरा नसक्ने जनाएको छ ।

    निर्वाचन आयोगले जुन दलको चुनाव चिन्हमा उम्मेदवारले आफ्नो उम्मेदवारी दिन्छन्, सो ब्यक्तिलाई सोही चुनाव चिन्ह रहेको दलको ब्यक्तिको रुपमा चिन्ने जनाएको छ । 

     

    ‘चुनावी प्रयोजनका लागि दल दर्ता गर्ने बेलामा नै हामी दुई वा दुईभन्दा बढी दलहरु मिली चुनाव लड्छौँ भनेर आयोगमा आउनुपथ्र्यो ।

    त्यतिबेला त्यसरी कोही पनि आएको छैन’, आयोगका कानून तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीसँग भने, ‘पछि कुनै पार्टीको उम्मेदवारले अर्कै पार्टीको चिन्हबाट चुनाव लड्छ भने जुन दलको चिन्हबाट लड्छ, निर्वाचित भएपछि त्यही दलको रुपमा चिनिन्छ ।’

    सहसचिव भट्टराईले अर्को पार्टीको चिन्हमा चुनाव लड्न पाउने कानुनी प्रावधान भएको पनि बताए । उनले भने, ‘एमालेको चिन्ह लिएर उठेको उम्मेदवारलाई कसरी राप्रपाको उम्मेदवार भनेर चिन्ने ?

    कानुनी रुपमा सूर्य चिन्ह एमालेको भएकाले त्यो चिन्ह लिएर जो उम्मेदवार उठ्छ, त्यो एमालेको उम्मेदवार भनेर कानुनी रुपमा चिनिन्छ ।’

    अहिले सूर्य चिह्नमा लडेर पछि हामी राप्रपाको हौँ भन्न पाउने अवस्था कानुनीरुपमा नहुने उनको भनाइ छ । जुन चुनाव चिन्हबाट व्यक्ति निर्वाचित भएको हुन्छ त्यसलाई सोही दलले आवश्यक परेको खण्डमा कारवाही गर्न सक्ने व्यवस्थासमेत रहेको आयोगको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology