Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड

माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • ०९:०९:३२ बजे
  • 1.2K
    SHARES
  • माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबीच एकताको आवश्यकता : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी र परिवर्तन चाहने सबै कम्युनिस्ट शक्तिबीच ध्रुवीकरणको औँल्याएका छन् ।

    images

    खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण र एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिका लागि अघि बढ्ने परिवर्तन शक्तिबीच एकजुट हुन आग्रह गरे ।

    प्रतिक्रियावादी शक्तिले जनयुद्धकालमा समेत माओवादीलाई घेराबन्दी गर्ने, भ्रम छर्ने र सिध्याउने रणनीति लिएको उल्लेख गर्दै उनले अहिले पनि प्रतिक्रियावादी शक्तिहरु त्यही रणनीतिअन्तर्गत माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको बताए ।

    पार्टीमा अन्तरविरोध भए पनि पार्टी विभाजन गल्ती भएको उनको भनाइ थियो ।

    अध्यक्ष प्रचण्डले अधुरो क्रान्ति पूरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई सहिदको घोषणा र जेलमा रहेका बन्दीको रिहाइका लागि आफूले पहल गर्ने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology