Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धनका दलहरुबीच तालमेल नभए एक्लै चुनाव लड्नुपर्छ : प्रचण्ड

गठबन्धनका दलहरुबीच तालमेल नभए एक्लै चुनाव लड्नुपर्छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • १४:१३:०५ बजे
  • 1.1K
    SHARES
  • गठबन्धनका दलहरुबीच तालमेल नभए एक्लै चुनाव लड्नुपर्छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) स्थानीय तहको चुनावका लागि छिटो उम्मेदवार चयन गर्न केन्द्रित हुने भएको छ ।

    images

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमलटारमा शुक्रबार बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

    “जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने भन्ने भएको छ,” एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारीअनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

    बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकतावद्ध भइ परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिए ।

    सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताएको एक नेताले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology