Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सञ्जीव बराइलीसँग विवाह गर्दै चर्चित गायिका मेलिना

सञ्जीव बराइलीसँग विवाह गर्दै चर्चित गायिका मेलिना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • २०:१३:४० बजे
  • 3.0K
    SHARES
  • सञ्जीव बराइलीसँग विवाह गर्दै चर्चित गायिका मेलिना

    चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् ।

    images

    जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् । बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् ।

    मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै उनले छिट्टै विवाह गर्न लागेको जनाएकी छन् ।

    बराइली गिटारिस्ट तथा एरेन्जर हुन् ।

    झरना थापाको दाबी : ‘ए मेरो हजुर ४’ मा स्टारडमभन्दा कन्टेन बलियो

    ‘ए मेरो हजुर ४’ चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो हुने बताएकी छन् । ‘फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई कन्टेनले होल्ड गर्न सक्नुपर्छ,’ उनले भनिन् ।

    निर्देशक थापाले ‘ए मेरो हजुर ४’ मा अनमोल केसी वा सुहाना थापाको स्टारडमभन्दा फिल्ममा ज्यादा भरोसा रहेको बताएकी छन् । ‘निर्देशकको रूपमा भन्नुपर्दा यो फिल्मले जुन इन्टरटेनिङ भ्यालु बोकेको छ, मलाई त यही नै स्टार लाग्छ,’ उनले भनिन् ।

    थापाले स्तरीय फिल्म बनाउने कोसिस गरेकाले हेरेर प्रतिक्रिया दिन दर्शकलाई आग्रह गरिन् । ‘हामीले के कस्तो काम गर्यौँ भनेर मूल्यांकन गरिदिने दर्शक हुन् ।

    सल्लाह, सुझाव र हौसलाको सदैव अपेक्षा रहने छ,’ निर्देशक थापाले भनिन् । उनले नेपाली फिल्मलाई विश्वका फिल्ममाझ प्रतिस्पर्धा गराउने स्तरको बनाउन दर्शकको साथ उत्तिकै महत्वपूर्ण रहेको बताइन् । फिल्मको ट्रेलरमा अनमोल र सुहानाको प्रेम, कमेडी र बिछोड देखाइएको छ ।

    फिल्ममा अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ । फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ ।

    फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

    फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # चर्चित गायिका मेलिना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology