Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • २०:२२:४४ बजे
  • 1.9K
    SHARES
  • चुनावी तालमेलविरुद्ध नजान मातहत कमिटीलाई काँग्रेसको निर्देशन

    नेपाली काँग्रेसले सत्ता गठबन्धनका विरुद्धमा नजान मातहतका कमिटीलाई निर्देशन दिएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको काँग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिको बैठकले गठबन्धनका विरुद्धमा नबोल्न र नजान निर्देशन दिएको हो ।

    images

    बैठकमा पार्टी उपसभापति तथा समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनका बाध्यता बुझिदिन कार्यकर्तालाई आग्रह पनि गरेको थिए । उनले भने, ‘अहिले गठबन्धन हाम्रो रहर होइन ।

    बाध्यता हो । केपी ओलीले संविधान उल्लंघन गरी प्रतिगमन झल्किँदै सरकार सञ्चालन गरेपछि बाध्य भएर काँग्रेसले सरकार सम्हालेको हो ।

    संविधान जोगाउन गठबन्धन बनेकाले गठबन्धन जोगाउन हाम्रो बाध्यता छ ।’ यस्तै गठबन्धनको सरकार सञ्चालन गरिरहेका बेला निर्वाचन हुन लागेकाले सोही दल मिलेर निर्वाचन लड्ने कुरा सजिलो हुने काँग्रेसको निष्कर्ष निकालेको छ ।

    ‘अहिले गठबन्धनमा आ–आफ्नो विचार राखौं । लचिलो गरी पनि छलफल गरौं,’ खड्काले भने, ‘र पार्टीले सर्वसम्मत ढंगबाट चुनावी तालमेल गर्ने निर्णय गरेकाले त्यसका विरुद्धमा मत राख्ने काम नगर्दा राम्रो हुन्छ ।

    नगर्नुहोला ।’ आजसम्म बोलेपनि अब चुनावी तालमेलका विरुद्धमा नबोल्न उनको कडा निर्देशन छ । प्रदेश, जिल्ला, संघीय निर्वाचन क्षेत्रीय समितिलाई सर्वसम्मत उम्मेदवार चयनमा जोड दिन निर्देशन दिएका थिए ।

    ‘सम्बन्धित निकायले उम्मेदवार चयन सकेसम्म सर्वसम्मत गर्नुहोला । सर्वसम्मत गर्न सक्नुभएन भने तहगत रुपमा माथि पठाउनुहोला । सकभर तलै मिलाउने काम गर्नुहोला,’ खड्काले भने ।

    काँग्रेसले स्थानीय तह निर्वाचनका लागि सबै प्रदेश, पालिकामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ । केन्द्रबाट खटाइएका प्रतिनिधिले सम्बन्धित ठाउँमा गठबन्धनभित्र परेका समस्या समाधान गर्न उपसभापति खड्काले निर्देशन दिए ।

  • सम्बन्धित विषय:

  • # काँग्रेसको निर्देशन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology