Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मुलुकको परिवर्तनको वाहक माओवादी नै हो : प्रचण्ड

मुलुकको परिवर्तनको वाहक माओवादी नै हो : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २, २०७९ शुक्रवार • २०:२४:४८ बजे
  • 1.4K
    SHARES
  • मुलुकको परिवर्तनको वाहक माओवादी नै हो : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले यो मुलुकको परिवर्तनको वाहक माओवादी पार्टी नै भएको बताएका छन्।

    images

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु सुखद भएको बताए ।

    अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता, व्यवस्थासँगै उत्पीडित समुदायको पक्षमा लडेको पार्टीमा प्रवेश गर्नु ठिक भएको बताए ।

    एमालेमा ४३ वर्ष सक्रिय भएका नुवाकोटका माधव पाण्डे र काँग्रेसमा सक्रिय सन्जिकुमार साह माओवादी प्रवेश गरेका छन्। दुबैपक्षबाट ६ सय भन्दा बढी नेता कार्यकर्ता प्रवेश गरेको माओवादीको दाबी छ।

    ‘केपी ओली नुवाकोट जाँनु एमालेमा ४३ वर्ष सक्रिय नेता माओवादी प्रवेश गर्नु यो बडो सुखद पक्ष भयो’ प्रचण्डले भने,‘एमाले भन्ने कस्तो पार्टी रहेछ भन्ने यो पार्टी प्रवेशले समेत छर्लङ भयो।’

    नवप्रवेशीलाई जिम्मेवारी दिन पार्टीले कुनै कन्जुसाई नगर्ने प्रचण्डले बताए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology