Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उमा भुजेललाई रिहा गर्न सर्वोच्चको आदेश

नेकपा (बिप्लब) नेतृ भुजेललाई रिहा गर्न सर्बोच्चको आदेश (पुर्ण पाठ सहित)

नेकपा (बिप्लब) नेतृ भुजेललाई रिहा गर्न सर्बोच्चको आदेश (पुर्ण पाठ सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १४, २०७७ आइतवार • १६:१३:४० बजे
  • 2.4K
    SHARES
  • नेकपा (बिप्लब) नेतृ भुजेललाई रिहा गर्न सर्बोच्चको आदेश  (पुर्ण पाठ सहित)

     विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य उमा भुजेल शिलुलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
    बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथिको सुनुवाईपछि आज न्यायधिसद्धय दीपककुमार कार्की र हरिकृष्ण कार्कीको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो ।

    रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंगाना, चिरन्जीवी ढकाल, पंकज कुमार कर्ण, सन्तोष कोईराला, राजु अधिकारी, खिमानन्द अधिकारी, चुडाबहादुर निरौलाले बहस गरेका थिए ।
    आदेशमा पहिले देखि नै निरन्तर थुनामा रहेका व्यक्तिलाई विना कारण फरक आस्था र विचारकै कारणले पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य न्यायिक दृष्टिले औचित्यपूर्ण नदेखिएको भनिएको छ ।

    भुजेल ०७६ पुष १२ गते सुनसरीबाट पक्राउ परेकी थिईन् । त्यस पछि झापा, जनकपुर, कैलाली, गोर्खा, ललितपुर, भोजपुर, संखुवसभा हुदै पुनः सुनसरी पछि सप्तरी लगिएको थियो ।

    सस्तरीमा अभद्र व्यवहारको मुद्धामा थुनिएकी भुजेललाई अदालतको आदेश पुगे पछि रिहा हुने जनाईएको छ ।
    भुजेलसगैँ पक्राउ परेका मेचीकोशी व्युरो कार्यलय सचिव सुमन सिंह पौडेललाई पनि सगैँ रिहा गर्न आदेश दिईएको छ । पौडेल पनि भुजेलसगैँ पक्राउ परेका थिए ।

    images

    झण्डै एक बर्षदेखि जेल तथा हिरासतमा रहेकी नेतृ भुजेललाई मास्क नलगाई हिँडेको मुद्धा सप्तरी प्रहरीले चलाएको देखिएको छ ।

     

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology