Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

भरतपुरमा कांग्रेस कार्यकर्ताद्वारा सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा

भरतपुरमा कांग्रेस कार्यकर्ताद्वारा सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३, २०७९ शनिवार • १९:५९:०८ बजे
  • 670
    SHARES
  • भरतपुरमा कांग्रेस कार्यकर्ताद्वारा सामूहिक राजीनामा, स्वतन्त्र अभियान घोषणा

    भरतपुरमा कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    images

    भरतपुर महानगरपालिका फेरि पनि माओवादीलाई जिम्मा लगाउन लागेको विरोधमा वडा नम्बर १७ का ५० जना कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा दिँदै स्वतन्त्र अभियान घोषणा गरेका हुन् ।

    बेलुवा टोलमा शनिवार भेला गरेर पूर्व वडाध्यक्ष देवनारायण महतो, पूर्व वडा सभापति प्रकाश कँडेलसहित ५० जना क्रियाशील कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

    प्रकाश कँडेलको संयोजकत्वमा भएको भेलाले कांग्रेसबाट राजीनामा दिए पनि देश र जनहितको कामका लागि सधैँ उपस्थित रहने निर्णय गरेको छ । राजीनामा दिएका सबैले हस्ताक्षर समेत गरेका छन् ।

    राजीनामा दिएकाहरूले कांग्रेस नेतृत्वमाथि विभिन्न आरोपहरू समेत लगाएका छन् । केही दिनअघि मात्र भरतपुरका सबै वडा सभापतिहरूको भेलाले महानगरका नेतृत्व माओवादीलाई दिइए मान्य नहुने निर्णय गरेका थिए ।

    भरतपुरको मेयर रेणु दाहाललाई छाडिए कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिने तयारी समेत भइरहेका बेला वडाबाट थालिएको सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology