Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गठबन्धन सँग सहकार्य हुँदैन : महामन्त्री शर्मा

गठबन्धन सँग सहकार्य हुँदैन : महामन्त्री शर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १०:०३:१८ बजे
  • 595
    SHARES
  • गठबन्धन सँग सहकार्य हुँदैन : महामन्त्री शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् ।

    images

    नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा महामन्त्री शर्माले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए ।

    “संविधान रक्षा गर्ने दलहरुसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रुपमा उदाउँछ,” उनले भने ।

    उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे । महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीन ओटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए ।

    उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने बताए ।

    देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # महामन्त्री शर्मा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology