Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्च अदालतले भन्यो- ‘निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं’

सर्वोच्च अदालतले भन्यो- ‘निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १६:३०:२१ बजे
  • 1.6K
    SHARES
  • सर्वोच्च अदालतले भन्यो- ‘निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं’

    आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वाेच्च अदालतले अध्ययन गरिरहेको छ ।

    images

    आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।

    उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी)ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’

    सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।

    सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च पुगे निलम्बित गभर्नर महाप्रसाद अधिकारी

    निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

    सरकारले आफूमाथि निलम्बन गरेपछि उक्त कारबाहीविरुद्ध उनी रिट दायर गर्न उनी सर्वोच्च पुगेका हुन् । उनले मन्त्रिपरिषदले गरेको निलम्बन फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

    सरकारले उनीमाथि सूचना चुहाएको लगायतका आरोपमा अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

    गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै रिट दर्ता गर्ने तयारी गरेका हुन् । सर्वोच्च स्रोतका अनुसार गभर्नर अधिकारीको रिट निवेदनमाथि अध्ययन गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology