Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रचण्ड, डा.भट्टराई र यादवबीच भेटवार्ता

प्रचण्ड, डा.भट्टराई र यादवबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०७९ आइतवार • १७:२६:१४ बजे
  • 862
    SHARES
  • प्रचण्ड, डा.भट्टराई र यादवबीच भेटवार्ता

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

    images

    माओवादी केन्द्रका अध्यक्ष दाहालसँग जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले आइतबार भेटवार्ता गरेका हुन् ।

    आइतबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तीन नेताबीच छलफल भएको हो । नेताहरुले बिहान ११ः४५ देखि १२ः२० सम्म सामुहिक रुपमा छलफल गरेका थिए ।

    छलफलपछि नेताहरु सिंहदरबारबाट सँगसँगै बाहिरिएका थिए । भेटपछि संक्षिप्त प्रतिक्रिया दिदै जसपा केन्द्रीय समिति अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताए ।

    आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भएपनि कतिपय स्थानीय तहहरुमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।

    गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलबाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र गठबन्धनमा आबद्ध अर्को दल नेकपा (एकीकृत समाजवादी)को अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।

  • सम्बन्धित विषय:

  • # यादवबीच भेटवार्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology