Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माधवकुमार नेपालले गठबन्धन छाड्ने

माधवकुमार नेपालले गठबन्धन छाड्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १०:१५:५३ बजे
  • 784
    SHARES
  • माधवकुमार नेपालले गठबन्धन छाड्ने

    सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।

    images

    स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी तालमेलबारे छलफल गर्न नसकिने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    गठबन्धनको बैठक सकेर महासचिव भुसाल र उपमहासचिव पौडेल पार्टी सचिवालय बैठकमा आइतबार सहभागी भएका थिए ।

    सचिवालय बैठकमा संयन्त्रको बैठकमा भएको छलफलबारेमा जानकारी गराउँदै महानगरपालिकाको नेतृत्व नदिने गरी गठबन्धनका नेताले षड्यन्त्र गरिरहेको नेपाललाई बताएका थिए ।

    यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

    श्रीमतीलाई उम्मेदवार बनाउन एमाले प्रदेश अध्यक्ष शाहको दौडधुप


     नेकपा (एमाले)लाई दैलेखको ठाटीकाँध गाउँपालिकामा उम्मेदवार टुंगो लगाउन नै धौ–धौ परेको छ ।

    एमाले कर्णाली अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्ष उम्मेदवार सिफारिस गर्नुपर्ने अडान राखेपछि गाउँ कमिटीले निर्णय लिन सकेको छैन ।

    ‘उम्मेदवार छनोट गर्न शाहले २९ चैतदेखि नै ठाटीकाँधमा डेरा जमाउनुभएको छ । उहाँले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि सिफारिस चुनाव पनि गर्न दिनुभएको छैन,’ पालिका कमिटीका एक सदस्यले भने, ‘उहाँ पूर्वराज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । शक्ति देखाउन खोजिरहनुभएको छ ।’

    उम्मेदवारका लागि चुनाव भएमा लक्ष्मी पराजित हुने देखेपछि शाहले चुनाव बिना नै प्रदेश कमिटीमा सिफारिस गर्न दबाब दिइरहेका हुन् ।

    ठाटीकाँधमा एमालेबाट अध्यक्षका लागि धीरबहादुर शाही, योगेन्द्रविक्रमराज थापा, अम्मरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मीदेवी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन् ।

    शाहले भने आकांक्षीको नाम प्रदेश कमिटीमा सिफारिस गर्न गाउँ कमिटीलाई भनिए पनि नमानेको बताए । “उम्मेदवारका विषयमा मलाई श्रीमतीसँग जोडनु भनेको विचारको दिवालियापनबाहेक केही होइन,” उनले भने ।

    उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology