Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्– ‘थ्याङ्क्यु गड’

पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्– ‘थ्याङ्क्यु गड’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १०:५५:१० बजे
  • 1.3K
    SHARES
  • पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्– ‘थ्याङ्क्यु गड’

     अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् ।

    images

    आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

    पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । ब्यान फेरेको समाचारहरु आउन थालेपछि उनले भगवानलाई धन्यवाद दिएकी हुन् ।

    ‘म यस्तो गीत गाउँछु २’ मा पूजा र पलले अभिनय गरेका छन् । उनले सार्वजनिकरुपमै आफ्नो फिल्मलाई असर गर्नेगरी पललाई हिरासत लिएको अभिव्यक्ति दिएकी थिइन्।

    अधिकारकर्मी मोहना अन्सारीले पल शाह प्रकरणमा पुरुषार्थको विजयी भएको टिप्पणी गरेकी छन् ।

    ‘पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो ।’ पीडित नाबालिगको पक्षमा वकालतसमेत गरेकी अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology