Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ :गोकुल बाँस्कोटा

७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ :गोकुल बाँस्कोटा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १२:०५:०६ बजे
  • 1.1K
    SHARES
  • ७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ :गोकुल बाँस्कोटा

    सेक्युरिटी प्रिण्टिङ प्रेस खरिदको विषयलाई लिएर बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री पद गुमाएका एमालेका नेता गोकुल बाँस्कोटाले अर्ब–अर्ब हान्दिएको बताएका छन् ।

    images

    ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री पदबाट बर्खास्तीमा परेका बाँस्कोटाले ७० करोड नभई अर्बौ रुपियाँ हान्दिएको सार्वजनिक रुपमै बोलेका छन् ।

    हुलाक सञ्चारको लोगो रहेको भिडियोमा बाँस्कोटाले भनेका छन्, ‘तपाईंहरु सुन्नुहुन्छ ७० करोड, ७० करोड मात्र होइन, ७० अर्ब हान्दिएको हो के फरक पर्छ हाम्लाई परियोजनाको लागि ।

    व्यक्तिगत हो ? निजी खाइदिएको छ ? निजी खाइदिएको भए यिनको परमादेशी, यिनको अदालत जम्मै भएको बेलामा बाटोमा हिँड्न नदिएर समातेर कुटेर, घोचेर कोर्रा हानेर छोड्थे ।’ बाँस्कोटाको यो भनाईले उनीमाथिको आरोपलाई बल पुगेको छ ।

    ७० करोड कमिसन मागेको आरोप बोकेर हिडेका बाँस्कोटाका लागि उनकै बोली अब गलपासो बन्ने देखिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology