Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मोहन वैद्य पार्टीको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित

मोहन वैद्य पार्टीको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १६:११:१२ बजे
  • 1.1K
    SHARES
  • मोहन वैद्य पार्टीको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित

    मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । राई समूहसहित नेपाल लोकतान्त्रिक जनता काँग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् । 

    images

    माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रुपमा जारी विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र  नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो । 


    वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्रमा समाहित भएका हुन् । 


    संयुक्त विज्ञप्ति 


    आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी बीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्न अनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं । साथै नेपालको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।


    १. मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र को विचार, राजनीति, कार्यदिशा र सांगठनिक सिद्धान्तप्रति प्रतिबद्धता जाहेर गर्दछौँ ।


    २. नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड नागेन्द्र राईलाई पार्टीको केन्द्रीय सदस्य र बाँकी ३ जना कमरेड कृष्ण गुरुङ, कमरेड तिलबहादुर पुन र कमरेड कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने र बाकी सबै कमरेडहरूको जिम्मेवारी स्थानीय निर्वाचन पछाडि उचित जिम्मेवारी आपसी छलफल र सहमतिको आधारमा तय गर्ने निर्णय गरियो ।


    ३. नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड जीतबहादुर चौधरी र कमरेड जिमी लामालाई पार्टी केन्द्रीय समितिको बैकल्पिक केन्द्रीय समितिको सदस्यको जिम्मेवारी दिने र बाँकी सबै कमरेडहरूको जिम्मेवारी स्थानीय निर्वाचनपछि उचित जिम्मेवारी आपसी छलफल र सहमतिका आधारमा ढुंगो लगाउने निर्णय गरियो ।

    माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल माओवादी केन्द्रमै प्रवेश

    गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

    उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिवद्धता छ । 

    नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए । 

    माओवादीमा प्रवेश भएका नेताहरूलाई उचित जिम्मेवारी  दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology