Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवार सिफारिस

रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवार सिफारिस

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ५, २०७९ सोमवार • १८:५९:४७ बजे
  • 1.2K
    SHARES
  • रुकुम पश्चिमका सबै पालिकामा माओवादी केन्द्रका उम्मेदवार सिफारिस

    नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवार सिफारिस गरेको छ । गठबन्धनको निर्णय कार्यान्वयन गर्न आवश्यक परेमा जोकोहीको पनि उम्मेदवारी फिर्ता हुने सर्तसहित उम्मेदवार सिफारिस गरिएको नेकपा माओवादी केन्द्रले बताएको छ ।

    images

    अध्यक्षमा सिफारिस भएकाहरु सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा ईश्वरी कुमारी शर्मालाई सिफारिस गरेको छ ।

    त्यस्तै आठविसकोट नगरपालिका प्रमुखका रवि केसी र उपप्रमुखका लागि धनकुमारी शाही सिफारिस भएका छन् । मुसिकोट नगरपालिका प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्का सिफारिस भएका छन् ।

    त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्खबहादुर विष्ट र उपाध्यक्ष कमला रोका पुन सिफारिस भएका छन्। त्रिवेणी गाउँपालिकामा अध्यक्ष गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले सिफारिस भएको माओवादीका एक नेताले बताए ।

    त्यस्तै बाँफीकोट गाउँपालिकामा अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी सिफारिस भएा छन्। जिल्ला समन्वय समिति प्रमुख पदको लागि भने महिला उम्मेदवार बनाउने निर्णय भएको उल्लेख गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology